३६ स्वास्थ्यकर्मी संक्रमित भएपछि चार स्वास्थ्यकर्मीले धान्दैछन् धादिङ जिल्ला अस्पताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

३६ स्वास्थ्यकर्मी संक्रमित भएपछि चार स्वास्थ्यकर्मीले धान्दैछन् धादिङ जिल्ला अस्पताल

काठमाडौं । धादिङ जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीलाई नै कोभिड संक्रमण देखिएपछि बिरामीको उपचारमा थप जटिलता आएको छ । जिल्ला अस्पताल धादिङका ३६ जना स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित भएपछि अस्पताल अहिले चार जना स्वास्थ्यकर्मीले धानेका छन् ।

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि आकस्मिक सेवा र ज्वरो क्लिनिकको जिम्मा दुई-दुई जना स्वास्थ्यकर्मीले लिएका छन् । अहिले अस्पतालको ओपीडी सेवा भने बन्द गरिएको छ । आकस्मिक कक्षमा दुईजना स्वास्थ्यकर्मीले चौबीसै घण्टा खटेर सेवा दिई रहेका छन् ।

जिल्लामा रहेको ५० बेडको कोभिड कक्षमा एक मात्र स्वास्थ्यकर्मीले सेवा दिई रहेका छन् । उनले रातदिन खटेर सेवा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ । अस्पताललाई अक्सिजन ढुवानी गर्ने साधनको भने निक्कै समस्या परेको छ ।अक्सिजनको सिलिन्डर काठमाडौं लैजान र ल्याउन एम्बुलेन्सकै प्रयोग गर्नु परेको अस्पतालले जनाएको छ ।

जिल्लामा शुक्रबार मात्रै १ सय २ जना संक्रमित थपिएका थिए । संक्रमितको उपचार र व्यवस्थापन गर्न थप संकट थपिँदै गएको छ ।

धादिङमा अहिले सक्रिय संक्रमितको संख्या ६ सय १३ जना छ । जसमध्ये ४ सय २६ जना जिल्ला भित्र र १ सय ८७ जना जिल्ला बाहिरका विभिन्न आईसोलेसनमा रहेका छन् । जिल्लामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);