बाजुरा अस्पतालको बेथिति : ओपिडी १० बजे खुल्छ, डाक्टर ११ बजे आउँछन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाजुरा अस्पतालको बेथिति : ओपिडी १० बजे खुल्छ, डाक्टर ११ बजे आउँछन्

बाजुरा ।  जिल्ला अस्पताल बाजुराका डाक्टरहरूले उपचार सेवा प्रवाहमा लापरबाही गर्ने गरेका छन् । अस्पतालको पोपिडी १० बजे नै खुल्ने गरे पनि डाक्टरहरू भने ११ बजेसम्म पनि अस्पतालमा आइपुग्दैनन् । 

अस्पतालका एक कर्मचारीका अनुसार उपचारका लागि अस्पताल आउनेहरू घण्टौं कुर्न बाध्य छन् । कहिलेकाही म्यासेन्जरबाटै रिर्पोट मगाएर कोठाबाटै हेर्ने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा ६ जना मेडिकल अधिकृत कार्यरत छन् । यहाँ एकजना डेन्टल सर्जन पनि छन् । ‘टाढाबाट उपचार गर्न जिल्ला अस्पताल आयौँ तर यहाँ डाक्टर नआएकाले अन्य स्वास्थ्यकर्मीले जाँच गरायौं,’ अस्पतालमा भेटिएका एक बिरामीका आफन्तले भने । 

जिल्ला अस्पतालमा डाक्टरहरूले विहान १० बजेदेखि २ बजेसम्म ओपिडीमा अनिवार्य बस्नुपर्ने जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);