राप्ती खोलामा एक प्रहरीको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राप्ती खोलामा एक प्रहरीको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोलामा एक प्रहरीको शव भेटिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।

स्थानीयले बिहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

गोरक्षश्वर मन्दिर निजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);