कुखरेनी खोलामा पौडी खेल्न गएका एकको डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

कुखरेनी खोलामा पौडी खेल्न गएका एकको डुबेर मृत्यु

dead

मकवानपुर । हेटौंडा वडा नम्बर ९ र १३ जोड्ने कुखरेनी खोलामा बन्दै गरेको पुल मुनि पौडी खोल्न गएका एक पुरुषको खाल्डोमा डुबेर ज्यान गएको छ।

कुखरेनी खोलामा निर्माणाधीन पुल बनाउन खनेको खाल्डोमा डुबेर हेटौँडा–१२ घडेरीडाँडा बस्ने २६ वर्षीय दिनेश दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जनाएका छन् ।

उनको शव खाल्डोमा डुबेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोमबार राति निकालेको थियो । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ।

Leave a Reply

ताजा समाचार