मकवानपुरमा खोलाले बगाएर तीन जनाको मृत्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मकवानपुरमा खोलाले बगाएर तीन जनाको मृत्य

मकवानपुर, ८ भदौ । मकवानपुरको पूर्व–पश्चिम राजमार्गमा पर्ने मनहरी पुलबाट करिब पाँच सय मिटरमाथि खोलामा पौडी खेल्न गएका तीनजनाको खोलाले बगाएर मृत्य भएको छ ।

 

पौडी खेल्न गएका उनीहरुको बिहीबार दिउँसो खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्र घलेले जानकारी दिए ।

 

प्रहरी निरीक्षक घलेका अनुसार मनहरी नगरपालिका वडा नम्बर ७ निवासी १० वर्षीय अलेश रुम्बा लामा, ११ वर्षीय अमन थिङ र १२ वर्षीय प्रकाश रुम्बाको डुबेर मृत्यु भएको हो ।

 

उनीहरुसँगै डुबेका १५ वर्षीय बुद्ध लामालाई भने स्थानीयले उद्धार गरेका छन् । लामालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । मृतकहरुको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);