तराईमा चौठचन्द्र पर्वको तयारी धुमधामका साथ गरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुनसरी, ८ भदौ । मैथिल समुदायले ऋषि पञ्चमीको अघिल्लो दिन चौथी तिथिका अवसरमा मनाउने चौठचन्द्र पर्वको तयारी धुमधामका साथ गरिरहेका छन् । छोराछोरीको सुख, शान्ति र दीर्घायुको कामना गरेर निराहार व्रत बसी मैथिल समुदायले हरेक वर्ष मनाउने चौठचन्द्र पर्वमा माटाका भाँडाको बिक्री पनि निकै बढेको छ ।

 

वर्षमा एकपटक मनाइने चौठचन्द्र पर्वमा माटाका भाँडाको प्रयोग धेरै हुने गर्छ । छाछ, छाछी, घैला, दियो, लाबैन लगायतका माटाका भाँडाको बिक्री बढेसँगै स्थानीय व्यापारी उत्साहित भएका छन् । उनीहरुले चौठचन्द्र पर्वलाई माटाको भाँडा बेच्ने अवसरका रुपमा लिने गरेका छन् ।

 

चौठचन्द्र पर्वमा माटाका भाँडाको प्रयोग अनिवार्य मानिन्छ । महत्व बुझ्दै जाँदा पर्व मनाउनेहरुको संख्या बढेको छ । यसले माटाका भाँडाको मागसँगै मूल्य पनि बढेको उपभोक्ताहरु बताउँछन् ।

 

माटोका भाँडा बनाउने पेसामा आबद्ध नेपाल प्रजापति कुम्भकार संघले भने माटाको भाँडाको महत्व धेरै भए पनि विभिन्न कारण माटोका भाँडामात्र बनाएर जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । माटोका भाँडा बनाउने पुख्र्यौली पेसा भएकाहरुले माटो तथा दाउराको अभावका साथै सरकारी उदासीनताका कारण समस्या भएको बताएका छन् ।

सुनसरीमा मात्रै थारू, मधेसी, उराव, जनजाति लगायत ८० हजारभन्दा बढी परिवारले चौठीचन्द्र पर्व मनाउने गर्छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);