सहुलियत मूल्यमा आएको चामल नेपाल खाद्य संस्थानको गोदाममै थन्कियो | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

गोपाल भट्टराई, दाङ, ८ भदौ । दुर्गम क्षेत्रका बासिन्दालाई सहुलियत मूल्यमा उपलब्ध गराइँदै आएको चामल नेपाल खाद्य संस्थानको गोदाममै थन्किन थालेको छ । दाङको तुलसीपुरस्थित संस्थानको अञ्चल कार्यालयमा राप्तीका पहाडी तथा कर्णालीका हिमाली क्षेत्रबाट माग आउन छाडेपछि चामल गोदाममै सड्न थालेको छ ।

 

राप्तीका पहाडी तथा कर्णालीका हिमाली क्षेत्रका बासिन्दाले चालम किन्न छाडेपछि गोदाममै थन्किन थाएको खाद्य संस्थानको राप्ती अञ्चल कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रबाट चामलको माग कम हुन थालेपछि खाद्य संस्थान अञ्चल कार्यालयले पनि एक वर्षयता मागअनुसार मात्र चामल किन्न थालेको छ ।

 

संस्थानले बजार मूल्यभन्दा सहुलियत दरमा चामल बिक्री गर्दै आएको छ । तर, पहाडी र हिमाली जिल्लामा सडक सञ्जाल वृद्धि भएसँगै चामल बिक्न छोडेको संस्थानले जनाएको छ । सडक सुधारसँगै व्यापारीले पहाडी तथा हिमाली जिल्लाका दुर्गम क्षेत्रमा ताजा तथा मसिना चामल पु¥याउन थालेपछि संस्थानको चामललको माग घटेको हो ।

 

स्थानीय बासिन्दाले भने खाद्य संस्थानले चामल वितरण प्रक्रियालाई प्रभावकारी बनाउन माग गरेका छन् । दुर्गम क्षेत्रमा खाद्य संस्थानको उपस्थिति बलियो नहुँदा अराजकता बढ्न सक्ने उनीहरुको भनाइ छ ।

 

खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले वीरगन्ज, नेपालगन्ज, बर्दियाको राजापुर र बिर्तामोडबाट चामल आपूर्ति गर्दै आएको छ । खाद्य संस्थानका भूमिका चामल खरिद–बिक्रीमा मात्र सीमित छैन । तसर्थ संस्थानले दुर्गममा खाद्यान्न आपूर्तिलाई प्रभावकारी बनाउनुका साथै सो क्षेत्रमा बढी भएको खाद्यान्न सहरी क्षेत्रमा ल्याउने योजनाबद्ध कार्यक्रम बनाउन आवश्यक छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);