खोलाले बगाएर वडा सदस्यको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

डडेल्धुरा, ५ भदौ । डडेल्धुराको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको छ। हिजो आईतबार जोगबुढा बजारबाट घर जाने क्रममा राति ८ ३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो।

 

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।