दशैंको टिका लगाउन जाने क्रममा खोलाले बगाएर ६ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सर्लाही, १७ असोज । सर्लाहीको लखन्देही खोलाले बगाएर ६ जना बेपत्ता भएका छन् । हिजो सोमबार साँझ खोलामा आएको बाढीले उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बेपत्ता हुनेमा पत्थरकोटकी राधिका ढुंगाना उनका ७ वर्षीय छोरा किस्मत, ५ वर्षीया छोरी कृतिका र एक वर्षीय छोरा क्रिति छन्।

यस्तै जुटपानीकी ५५ वर्षीया भिममाया काफ्ले र पिडारीका ६० वर्षीय रामदेव साह कलवार छन् । मृतक चार जना आमा–बच्चा भने दशैंको टिका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा खोला तर्ने क्रममा बाढीमा परी डुबेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँ ले जानकारी दिए।

अरु दुई जना भने भैंसी चराएर फर्किँदै गर्दा खोलाले बगाएको हो। खोलाले बगाएर बेपत्ता सबै जनाको खोजी भैरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);