नदीले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता    | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

नदीले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता   

कपिलवस्तु। वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ ।

राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो । छोरा निरजको लाई सकुशल उद्दार गरिएको थियो ।इलाका प्रहरी कार्यालयल पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको शव फेला परेको हो ।

बेपत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply