भीरबाट लडेर महिलाको मृत्यु, त्रिशूलीमा एक युवा बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नुवाकोट, ३२ साउन । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन्। शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिए।

 

हिजो साँझ घरायसी कामले त्यसतर्फ जानुभएकी उहाँ नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान जलेश्वर प्रावि नजिकै भीरबाट लडेर बाटो भन्दा १५० मिटर तल मृत अवस्थामा भेट्टिएको थियो। यसैगरी सुर्खेत वीरेन्द्रनगर– ८ का रमेश मगरलाई त्रिशूली नदीले मंगलबार राति बगाउँदा बेपत्ता भएका छन्।

 

नुवाकोट बेलकोटगढी नगरपालिका– ८ काशिटारमा त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा १८ वर्षका मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन्। नदीमा स्काभेक्टरको प्रयोग गरी अवैध रुपमा नदीजन्य सामग्री उत्खननको काम हुँदै आएको छ। रासस

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);