मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु 

मकवानपुर। कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो।

प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले  घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply