इलाम स्थित रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

इलाम स्थित रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु

इलाम स्थित रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ ।

इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका–५ की ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो ।

दुर्घटनामा परि निरु लिम्बु घाइतेको र उनको उपचार भइरहेको बताईएको छ ।

लु१च ९४९१ नम्बरको बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । ०००

Leave a Reply