रामेछापको छत्तिवने खोलामा आएको बाढीले पक्कि पुल बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामेछापको छत्तिवने खोलामा आएको बाढीले पक्कि पुल बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता

रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानामा पर्ने छत्तिवने खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

रामेछापको छत्तिवने खोलामा आएको बाढीले पक्कि पुल बगायो

काठमाडौं । रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानामा पर्ने छत्तिवने खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

गएराति अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा पुल नजिकै अस्थायी टहरामा बसोबास गर्दै आएकामध्ये ७५ वर्षिय बालकुमारी खत्री र मन्थली नगरपालिका–१२ गेलुका बाशुदेब कार्कीको मृत्यु भएको हो ।

सुरक्षाकर्मीले बेपत्ताहरुको खोजी कार्य जारी राखेका छन् । बाढीमा परी ६ जना घाइते भएको रामेछापका डिएसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाइएको छ ।

बाढीले पुल नजिकैका दुई घर र केही स्थानीयवासीको खेत पनि बगाएको छ । बाढीले छत्तिवने खोलाको पक्की पुल बगाउँदा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र जिरीबीचको सडक सम्पर्क टुटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);