रामेछापको खिम्ती पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएनन् | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

रामेछापको खिम्ती पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएनन्

रामेछापको खिम्तीमा शनिबार राति आएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात, हराएकाहरुको खोजीकार्य जारी ।

रामेछापको खिम्ती पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएनन्

कठमाडौं । रामेछापको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका तीनजनाको अवस्थ अझै अज्ञात छ । 

खिम्ती र फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा पाँचजना बेपत्ता भएका थिए।

बेपत्ता भएकामध्ये दुईजनाको शव आइतबार फेला परेको भए पनि अन्य तीनजनाको अझै पत्तो लाग्न सकेको छैन।

घटनामा परी बेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घरसहित खिम्ती खोलाले बगाएकी सुमनकुमारी खत्रीको अवस्था अज्ञात रहेको हो ।

उनीहरुको खोजी जारी छ। तर हराएकाहरुको जीवितै उद्धार हुने आशा कम हुँदै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनामा परी घाइते भएका अन्य सातजनाको उपचार भइरहेको छ।

 

Leave a Reply

ताजा समाचार