पछिल्लो चौबिस घण्टामा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता र १५ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो चौबिस घण्टामा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता र १५ जना घाईते

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले बितेको चौबिस घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेका प्राधिकरणले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);