सरकारले रामेछापका बाढीपहिरो पीडित प्रतिपरिवारलाई ५ पाँच लाख सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २१ , काठमाण्डौँ । सरकारले रामेछापको खिम्ती बाढीपहिरो पीडितलाई प्रतिपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बाढीप्रभावित क्षेत्रको निरीक्षणका लागि शनिबार खिम्ती आउनुभएका गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोले घर बगाएका तीन परिवार तथा विस्थापित परिवारलाई स्थायी आवास निर्माणका लागि आर्थिक सहयोग घोषणा गर्नभएको हो ।
गृहमन्त्री शर्माले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख तथा अन्य १० विस्थापित परिवारलाई १० हजारका दरले राहत वितरण गर्नुभयो । बाढीप्रभावित क्षेत्रमा खानेपानी, सडक र विद्युत् एक हप्ताभित्र सुचारु गर्न स्थानीय प्रशासनलाई उहाँले निर्देशनसमेत दिनुभयो । असार ३१ गते मध्यरातमा खिम्तीमा आएको बाढीपहिरोले तीन घर पुरिँदा दुई जनाको ज्यान गएको थियो भने तीन जना अझै बेपत्ता छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);