करेन्ट लागेर युवकको मृत्यु : परिवारलाई पाँच लाख रुपैयाँ राहत र जागिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

करेन्ट लागेर युवकको मृत्यु : परिवारलाई पाँच लाख रुपैयाँ राहत र जागिर

गुल्मी । करेन्ट लागेर ज्यान गुमाएका मदाने गाउँपालिका–१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतको परिवारलाई आर्थिक सहयोग र रोजगारीको व्यवस्था गरिएको छ ।

१३ भदौमा करेन्ट लागेर ज्यान गुमाएका विक्रमको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिन र उपयुक्त जागिरको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरण सहमत भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।

मृतकका परिवारसँग सहमति भएपछि गुल्मी अस्पतालमा शवको पोस्टमार्टम गरिएको छ । छाताको टुप्पोले तार छोएपछि करेन्ट लागेर विक्रमको मृत्यु भएको थियो ।

यसअघि गत १८ मंसिरमा मुसिकोट नगरपालिका ७ का २६ वर्षीय धिरज कार्की, गत १३ वैशाखमा इस्मा गाउँपालिका–५ का २२ वर्षका प्रकाश कुमाल र ११ असार ०७८ मा रुरु क्षेत्र गाउँपालिका–१ का ३८ वर्षीय सुन्दर श्रेष्ठको पनि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

अव्यवस्थित तार र पोल

विद्युतको लाइन विस्तार र पुराना पोलहरुको विस्थापनमा प्राधिकरणले ध्यान नदिँदा दुर्घटना भइरहेका छन् । दुर्घटनापछि पीडितलाई राहत दिन सहमत हुने प्राधिकरण तारहरू व्यवस्थित गर्न तयार भएको देखिँदैन ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले धुर्कोटको जैसिथोकदेखि वाग्लासम्म पोल ढलेर तारले भुइँ छोइरहेकाले आफूले कैयौँपटक प्राधिकरणको ध्यानाकर्षण गराउँदा पनि काम नभएको गुनासो गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);