करेन्ट लागेर एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

करेन्ट लागेर एक जनाको मृत्यु 

current

पर्सा, २७ जेठ । करेन्ट लागेर पर्सामा एक जना पुरुषको मृत्यु भएको छ। धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो।

शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताउनु भयो । गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।