सुस्त मध्यपहाडी लोकमार्ग: १२ वर्षमा ३६ प्रतिशत पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुस्त मध्यपहाडी लोकमार्ग: १२ वर्षमा ३६ प्रतिशत पुरा

madhye pahadi

अप्सरा गौतम

काठमाडौं, २७ जेठ । आर्थिक सामरिक महत्वको मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । पूर्वदेखि पश्चिमका पहाडी जिल्ला जोड्ने लोकमार्ग आर्थिक वर्ष २०६४/६५ देखि निर्माण कार्य शुरु भएको हो । राष्ट्रिय गौरवको आयोजना १२ वर्ष पुगे पनि भौतिक प्रगति सन्तोषजनक छैन । करिब १२ वर्षमा आयोजनाको भौतिक प्रगति ३६ प्रतिशत मात्रै छ ।

मध्यपहाडी लोकमार्ग मध्यपहाडमा साना शहरको विकाससंगै सडक पूर्वाधारले पूर्वपश्चिम जोड्ने अयोजना हो । २६ वटा पहाडी जिल्लालाई सडक संजालबाट जोड्ने लक्ष्य भएपनि भौतिक प्रगति सन्तोषजनक छैन । मध्यपहाडका जिल्लाहरुको काँचुली फेरिने विश्वास लिएर शुरु गरिएको आयोजनाको प्रगति चित्तबुझ्दो हुन सकेको छैन । हुन त, अधिकांश राष्ट्रिय गौरवको आयोजनाका सबै काम कछुवा गतिमै गुज्रिरहेका छन् । पूर्वको पाँचथर चियोभन्ज्याङबाट शुरु भइ सुदूरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुङ्गिने यो लोकमार्ग १७७६ किलोमिटर लामो छ । लोकमार्ग पुरा भएमा ३ सय बस्तीका एक करोड नागरिक लाभान्वित हुने छन् ।

आयोजनाले २०७६/०७७मा ३ सय ५० किलो मिटर कालोपत्रे लक्ष्य लिएकोमा यस चालु आर्थिक वर्षको १० महिनामा ५२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । त्यसतै ३ सय ९० किलोमिटर ग्रावेल गर्ने लक्षय लिएकोमा २ सय २० किलोमिटर र १६ वटा पूल निर्माण गर्ने लक्ष्य लिएको मा १३ वटा पूल निर्माण सम्पन्न भएको छ । १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण कार्य शुरु गरिएको मध्य पहाडी लोकमार्ग सडकको १२ वर्ष पुग्दै गर्दा भौतिक प्रगती ३६ प्रतिशत मात्र पुरा भएको छ ।

सरकारले राष्ट्रिय प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति उस्तै उस्तै छ । त्यस्तै ढिलाउदै गरेको राष्ट्रिय गौरवको आयोजना मध्ये पहाडी लोकमार्गको प्रगति पनि उही प्रवृत्तिमा गुज्रिरहेको छ । सरकारले पटक पटक गौरवका आयोजनामा जोड दिने बताउदै आएपनि लोकमार्गको प्रगति पनि सुस्त हुनुले विकासप्रति नागरिकको भरोसा पनि घट्न सक्छ । यसर्थ मध्यपहाडी लोकमार्गको आयोजना युद्धस्तरमा अघि बढाउन सरकार सक्रिय बन्नै पर्ला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);