मध्यपहाडी लोकमार्गकाे निर्माणकार्य अलपत्र अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मध्यपहाडी लोकमार्गकाे निर्माणकार्य अलपत्र अवस्थामा

बागलुङ,३ भदाै । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ खण्ड निर्माणकार्य अलपत्र अवस्थामा रहेको छ । दैनिक सयौँ साना ठूला सवारी साधन चल्ने सडक निर्माण अलपत्र हुँदा ढुवानी तथा आवतजावतमा समस्या हुदैँ गएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि व्यापारीक केन्द्र धौलागिरी चार जिल्ला जोड्ने राष्ट्रिय गौरवको सडक पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने काम थालिएको वर्षाै भएको छ । तर, ढुवानी तथा यात्रु अझै सास्ती खेपेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।

विगत लामो समयदेखि जीर्ण रहेको लोकमार्ग खण्ड वर्षौदेखि टालटुलको भरमा चल्दै आएको छ । सरकारले सडक सुधार गर्न थालेको वर्षाै बित्दा समेत समस्याको समाधान नहँुदा यो सडकमा यात्रा गर्ने सवारीसाधन र यात्रुहरूले सास्ती खेप्नु परिरहेको हो ।

बागलुङ पोखरा सडक अन्तर्गत मध्यपहाडी आयोजनाले यो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई अगाडि बढाइएको थियो । तर, कोरोना बाहानामा सडकको काम ढिलाई भएको आयोजनाले बताएको छ।

लोकमार्गलाई पूरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नति गर्न थालिएको भएपनि अहिले काम स्थगित भएको छ । संरचना समेत वर्षाका कारण क्षतिग्रस्त हुदैँ गएको छ ।सडक विभागले राष्ट्रिय गौरवको काम छिटोभन्दा छिटो सम्पन्न गर्न चार वटा प्याकेजमा मर्मत सम्भार सहित बिस्तारको काम थालिएको थियोे ।

७२ किलो मिटर लामो पोखरा–बागलुङ सडकको अधिकाँश भाग तीन वर्षको अवधिमा नयाँ बनाउने महत्वाकांक्षी लक्ष्य सहित काम शुरूवात भएको हो । समयमा मर्मतको काम गर्न नसक्दा पोखरा–बागलुङ खण्डमा यातायात सञ्चालन गर्न कठिन भएको छ ।

कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ । ठाउँठाउँमा पहिरो भएकाले चट्टान फुटाउन समस्या पनि छ । पोखरा–बागलुङ सडक खण्ड करिब तीनदशकअघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त लोकमार्ग आर्थिक वर्ष २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);