इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै

इलाम । पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकलाई इलाममा मंगलबारदेखि कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पाँच स्थानीय तहमा आजबाट र पाँच स्थानीय तहमा बुधबारदखि खोप अभियान सञ्चालन हुँदैछ ।

देउमाई नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने छन् ।

१५ र १६ भदौमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिको जेष्ठ नागरिकलाई खोप दिइने छ । त्यस्तै, १९ र २० भदौमा भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिइँदैछ । त्यस्तै, १७ भदौमा विश्वविद्यालय तहको परीक्षामा सामेल हुने विद्यार्थीका लागि प्रवेशपत्रको आधारमा खोप दिइने भएको छ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा भने बुधबारबाट खोप लगाइने छ । यी पाँच पालिकामा १६ र १७ गते कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

त्यस्तै, १९ र २० भदौमा भेरोसेलको पहिलो डोज लगाएकालाई खोप लगाइने भएको छ । २१ भदौमा विश्वविद्यालयस्तरको परीक्षामा सामेल हुने परीक्षार्थीलाई खोप लगाइने स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);