कोरोनाको दोस्रो डोज खोप मंगलबारबाट लगाउन सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोनाको दोस्रो डोज खोप मंगलबारबाट लगाउन सुरु हुने

काठमाडाैं  । सरकारले मंगलबारबाट कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको छ ।

खोप अभियान अन्तर्गत पहिलो डोज लगाएका हरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोज लगाएका हरुलाई वैशाख ७ गते दोस्रो डोज दिइने छ ।

यसैगरी माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएका हरुलाई वैशाख ८ गते दोस्रो डोज दिइने छ भने माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएका लाई दोस्रो डोज लगाउने पालो वैशाख ९ गते तोकिएको छ ।

यसैगरी माघ २९ र फागुन ३, ४, ५ र ६ गते खोप लगाएका हरुले वैशाख १० गते तथा माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएका हरुले दोस्रो डोज वैशाख ११ गते लगाउनु पर्नेछ ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने भएको हो । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);