काठमाडौंमा आजबाट भेरोसेलको दोस्रो डोज लगाउन सुरु, १ लाख ५९ हजार ४९९ लाई खोप लगाउने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०७९, बुधवार

काठमाडौंमा आजबाट भेरोसेलको दोस्रो डोज लगाउन सुरु, १ लाख ५९ हजार ४९९ लाई खोप लगाउने लक्ष्य

काठमाडौं । काठमाडौंमा आजबाट चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै आजबाट भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेसंगै खोप लगाउन सुरु गरिएको हो । आजबाट ९ दिनसम्म चल्ने खोपमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भरोसेल दोश्रो मात्रा लगाइने जनाइएको छ । खोप लगाउन आउदा र खोप केन्द्रमा सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नपनि जन स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।

जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइदै छ ।

यसैगरी, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ । वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

ललितपुरमा भने जेठ ६ गतेबाट भेरोसेलको दोश्रो डोज अभियान सुरु हुनेछ ।

चीनमा उत्पादित भेरोसेल भ्याक्सिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो ।

Leave a Reply