बारामा अक्शिजन र मास्क बैंकको स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बारामा अक्शिजन र मास्क बैंकको स्थापना

बारा । नेपाल अहिले कोरोनाको कहरबाट आक्रान्त बनिरहेको अवस्थालाई मध्य नजर गर्दै बारामा अक्शिजन सिलिन्डर र मास्क बैंकको स्थापना गरिएको छ ।
आपतकालिन कोभिड १९ बाट बच्नका लागि बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा निःशुल्क अक्सिजन र कलैया उपमहानगरपालिकाको बिभिन्न पाँच स्थानमा माक्स बैङ्कको स्थापना गरिएको हो ।कोभिडका बिरामीहरूलाई मात्र लक्षित गरी निःशुल्क अक्सिजन बैङ्क स्थापना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साहले जानकारी दिएका छन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ , लायन्स क्लब अफ जीतपुरसिमरा र हातेमालो साकोस सिमराको समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको सहकार्यमा जगदम्बा स्टिल प्रा.लिको मुख्य सहयोगमा अक्सिजन बैङ्कको स्थापना भएको उनले बताए ।

त्यस्तै कोभिड १९ नियन्त्रणका लागि जिल्लाको सदरमुकाम कलैया बजार क्षेत्रका विभिन्न ५ स्थानमा मास्क बैंकको स्थापना गरिएको छ ।नेकपा एमालेका नेता एवंम् पूर्व प्रदेशसभा सदस्य महम्मद समिरको अगुवाईमा भ्वाईस अफ बाराले मास्क बैंक सञ्चालनमा ल्याईएको हो ।


नेता समिरले कोरोना संक्रमणको महामारीबाट बच्न सबैलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेका छन् । विहान बेलुकीको छाक टार्न मुस्किल हुँने धेरैका लागि दैनिक मास्क खरिद गरी प्रयोग गर्न समस्या भएकाले माक्स बैङ्कको स्थापना गरिएको उनको तर्क थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);