विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट

काठमाडाैं । विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा. मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे । 

बैंकको ऋण लगानीमा सञ्चालित ‘कोभिड-१९ आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ ।

तीन वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसमेत यसै परियोजना अन्तर्गत हुनेछ । गत भदौमा सरकार र विश्व बैंकबीच विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई करिब ६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);