अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि आर्थिक सहयोग

दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि यहाँका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा उपमहानगरलाई साढे ३ लाख बढी रुपैँया सहयोग गरिएको छ । वाणिज्य संघका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई ३ लाख ५४ हजार नगद हस्तान्तरण गरे ।

उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन कोभिड विपद् कोषको सहजकर्ता बिमल रिजालको पहलमा सो रकम सकंलन गरिएको हो ।

वाणिज्य सघंले १ लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३००, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३६०, लायन्स क्लब अफ दाङको तर्फबाट ५१ हजार, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार सहयोग प्राप्त भएको सघंका कोषाध्यक्ष देबबहादुर केसीले जानकारी दिए ।

त्यस्तै अक्सिजन प्लान्ट र कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका तुलसीपुर ९ निवासी डाँगी परिवारले पनि सहयोग गरेका छन् । नगद ५० हजार उपमहानगरलाई सहयोग गरेको डाँगी परिवारका सदस्य टोपबहादुर डाँगीले जानकारी दिए ।

उपमहानगरका अन्य स्थानीयले पनि कोषम रकम सहयोगको क्रम जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);