नेपालगञ्ज उपमहानगरको आगामी बजेट कोरोना र स्वास्थ्यमा केन्द्रित हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालगञ्ज उपमहानगरको आगामी बजेट कोरोना र स्वास्थ्यमा केन्द्रित हुने

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी बजेट कोरोना महामारी र स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने भएको छ ।

उपमहानगरले कोरोना महामारीमा शुरुवातदेखि नै गरेका गतिविधिका बारेमा जानकारी दिन गरेको पत्रकार भेटघाटमा आगामी बजेटमा कोरोना लगायत स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने जनाएको हो ।

नेपालगञ्ज उप-महानगरपालिका दोस्रो वर्ष पनि कोरोनाको हटस्पट बनेको छ भने सिमावर्ती नगर भएकाले पनि नेपालगन्ज कोरोनाको जोखिम रहने गरेको छ ।

त्यसैलाई मध्यनजर गर्दै उप महानगरपालिकाले कोरोना नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने र आगामी दिनमा अझ व्यवस्थित तरीकाले अगाडी बढ्ने जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);