नेपालगञ्जका अक्सिजन उद्योगहरुबाट भारततर्फ निर्यात हुँदै अक्सिजन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालगञ्जका अक्सिजन उद्योगहरुबाट भारततर्फ निर्यात हुँदै अक्सिजन

रविन्द्र घिमिरे,
बाँके । नेपाल मै सबै भन्दा बढी कोभिड–१९ महामारीसँग जुझिरहेको बाँके जिल्लामा अक्सिजनको चरम अभाव भएपछि बिरामीहरु अक्सिजन नपाएर अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन् । नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न भएको हो ।

सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका बाँकेका अस्पतालहरुमा बिरामीहरुले अक्सिजन पाउन मुस्किल भईरहेको छ ।

अक्सिजन नपाएर बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन् । बाँकेको सरकारी स्तरको भेरी अस्पताल र निजी स्तरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ । बिरामीको चाप दिनानुदिन बढ्दै गए पनि थप बेड सञ्चालन हुन नसकेपछि कोरोनाका बिरामीहरु अस्पताल परिसरमा पालो कुरेर दिनभरी बस्ने गरेका छन् ।

यता नेपालगञ्जमा भएको अक्सिजन भारतमा पठाउन थाले पछि समस्या झन् जटिल बनेको छ । नेपालगञ्जको पारसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ भारतको यूपी सरकारले अक्सिजन लैजाने गरेको छ । बाँकेको नेपालगञ्ज लगाएत अन्य जिल्लामा उत्पादनभन्दा माग कम भएकोले विगतमा भारतमा अक्सिजन सप्लाई गर्ने गरेको एचओ अक्सिजन इण्डष्ट्रिज प्रालिले जनाएको छ ।

साथै आफूले कालोबजारी नगरेको सो उद्योगको भनाई छ । आफ्नो क्षमता हुदाँसम्म भारतलाई पनि सेवा गरिदिने तर बाँके लगायत अन्य जिल्लामा अक्सिजनको माग बढे पछि भने आफूले भारतलाई सहयोग गर्न नसक्ने एचओ अक्सिजन इण्डष्ट्रिज प्रालिका डाइरेक्टर अजय पाठकले बताए ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि अभाव अक्सिजनको नभई अक्सिजन सिलिन्डरको भएको बताईएको छ । मानवीय नाताले आफ्नो कोटा पुगी अक्सिजन सिलिन्डर पुर्ति भई सके पछि भारतबाट उनीहरुले नै ल्याएको सिलिन्डर भरिदिनको लागि कुनै आपत्ति नभएको नेपालगञ्ज उपमहानगरलका मेयर डा.धवलशमसेर राणाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);