खोप आयात गर्न निजी कम्पनीलाई दिइएको स्वीकृतिबारे मन्त्री त्रिपाठीको भनाई (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

खोप आयात गर्न निजी कम्पनीलाई दिइएको स्वीकृतिबारे मन्त्री त्रिपाठीको भनाई (भिडियोसहित)

काठमाडौं । कोभिड—१९ विरुद्धको खोप आयातका लागि सरकारले निजी कम्पनीहरुलाई अनुमती दिएको छ । सरकारबाट स्वीकृति पाएसँगै केही दिनमा नै निजी कम्पनीहरुले खोप आयातको काम सुरु गर्ने भएका छन् । निजी कम्पनीले ल्याएको खोप लागत १० प्रतिशतसम्म मात्रै नाफा लिएर बेच्न पाउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ ।

सरकारको प्राथमीकतामा नपरेका उमेर समुहका मानिसहरुले निजी कम्पनीले ल्याएका खोप सजिलै उपलब्ध गराउने उद्देश्यले यो निर्णय सरकारले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीको भनाई छ ।

सरकारले ५० लाख डोज खोप ल्याउने खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले नेपालमा नै कम शुल्क तिरेर खोप लगाउन सक्ने गरि निजी कम्पनीलाई खोप आयातको अनुमती दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदेश त्रिपाठीले जानकारी दिए । अब केही दिनमा सरकारले बनाएका नियमहरुको पालना गर्दै निजी कम्पनीहरुले कोरोना विरुद्धको खोप ल्याउने उनको भनाई छ ।

हेर्नुहोस भिडियो :

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);