'कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौँ, २ माघ । औषधि व्यवस्था विभागले कोभिसिल्ड नामक कोरोना विरुद्धको खोपलाई नेपालमा पनि आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ ।

विभागको शुक्रबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ’कोभिसिल्ड’ नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो। नेपालमा प्रयोगको लागि अनुमति पाउने कोरोना भाईरस विरुद्धको यो पहिलो खोप हो ।

विश्वकै ठूलो औषधि तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ ।

भारतमा भने यो खोप शनिबारदेखि लगाइनेछ । सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ। सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने जनाएको छ ।

Leave a Reply

ताजा समाचार