भारतीय खोप निर्माता कम्पनीद्वारा कोरोनाबिरुद्धको खोप प्रयोग गर्न अनुमति माग | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

भारतीय खोप निर्माता कम्पनीद्वारा कोरोनाबिरुद्धको खोप प्रयोग गर्न अनुमति माग

एजेन्सी , २२ मंसिर । भारतीय खोप सिरम इन्स्टिच्युट अफ् इन्डिया,एसआईआईले सरकारसँग कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति मागेको छ । डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको एसआईआईले कोरोना खोपको आपत्कालीन प्रयोगको अनुमति मागेको हो ।

एसआईआईले भारतमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना खोप विकास गरिरहेको छ । भारतीय औषधि महानियन्त्रक डीसीजीआईसँग यसअघि अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग संयुक्त रुपमा विकास गरेको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिसकेको छ ।

फाइजरको कोरोना खोपको प्रयोगका लागि बेलायत र बहराइनले अनुमति दिइसकेका छन् ।एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा भारतमा कोभिसिल्ड नामक कोरोना खोप उत्पादन गरिरहेको छ ।

यसअघि कम्पनीले सन् २०२० अन्त्यसम्ममा कोरोना खोप उत्पादन हुने बताएको थियो । एसआईआईले पहिलो ब्याचअन्तर्गत एक सय करोड डोज उत्पादन गर्ने जनाइएको छ । उक्त परिमाणको खोप सन् २०२१ पहिलो र दोस्रो त्रैमासिकसम्म उत्पादन भइसक्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);