जल सुरक्षा सम्बन्धी चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार कार्यक्रम मंगलबार देखि सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

जल सुरक्षा सम्बन्धी चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार कार्यक्रम मंगलबार देखि सुरु

काठमाडौं, २२ मंसिर । भविष्यको लागि जल सुरक्षा सम्बन्धी चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार कार्यक्रम मंगलबार देखि शुरु हुने भएको छ । स्मार्ट वास सोलुसन्स र कोरिषको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्सको संयुक्त आयोजनामा मंसिर २३ गते मंगलबार देखि २६ गते शुक्रबार सम्म जल सुरक्षा सम्बन्धी वेबिनार कार्यक्रम हुने भएको हो ।

वेबिनारमा नेपाल र कोरियाका अगुवा नीति निर्माता, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक र अभियान्ताहरुले जल सुरक्षाको भविष्य, जलवायु परिवर्तन र जल सुरक्षा, जल सुरक्षाको निमित्त सूचना, सञ्चार र प्रविधि तथा पानी आपूर्ति पद्धतिको उन्नत प्रविधिका विषयमा तयार पारिएका १५ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

जलबायु परिवर्तनले पानीको सुरक्षामा पार्ने असर, त्यसलाई कमगर्न अपनाउनुपर्ने उपाय, पानीका प्राकृतिक स्रोतको संरक्षण लगायतका विषयमा छलफल हुने स्मार्टवास सोलुसन्सका अध्यक्ष रामदीप साहले बताउनुभयो ।

स्मार्टवास सोलुसन्सले खानेपानी र पानीजन्य सरसफाइको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने, जलवायु परिवर्तनका प्रतिकुल असरलाई न्यूनिकरण गर्ने, जल सुरक्षा कायम राख्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);