बंगलादेशका राष्ट्रपति हमिदको आज चन्द्रागिरि र पाटन दरबार अवलोकन गर्ने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बंगलादेशका राष्ट्रपति हमिदको आज चन्द्रागिरि र पाटन दरबार अवलोकन गर्ने तयारीमा

bangaladesh President-Abdul-Hamid

काठमाडौं, २९ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किँदैहुनुहुन्छ । स्वदेश फर्किनुअघि उहाँले शुक्रबार चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति हमिद शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायरको अवलोकन गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । उहाँलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सद्भावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आउनु भएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको थियो । बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएर उहाँ बिहीबार पर्यटकीय नगरी पोखरा जानु भयो । पोखरा पुगेर उहाँले फेवाताल पुगेर ढुंगा मार्फत जल विहार गर्नुभएको थियो । त्यसैगरी उहाँले पोखराका विभिन्न पर्यटकीय स्थलको पनि भ्रमण गर्नुभएको थियो । पोखरा भ्रमणपछि हमिद बिहीबारै काठमाडौं फर्किनु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);