राष्ट्रपति भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउनुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको हो । राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुहुने भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले काठमाडौंंका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमण गर्नुका साथै पोखरा समेत जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति हमिद शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);