सर्वदलीय बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वदलीय बैठक बालुवाटारमा जारी

sarbadial meeting

काठमाडौं, २३ कात्तिक । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा विरोध भइरहेको बेला सर्वपक्षीय बैठक बसेको हो ।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सहभागिता रहेको छ ।

यसैगरी बैठकमा विभिन्न राजनैतिक दलका नेता, मन्त्री, पूर्व पराराष्ट्रमन्त्री लगायतकोसमेत उपस्थिति रहेको छ । यही कात्तिक १७ गते भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो ।

बिहिवार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);