नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

pm-office-baluwatar

काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

शनिबार बसेको सर्वपक्षीय बैठकमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्साका विषयमा राजनीतिक दल र विज्ञहरुले दिएको सुझाव र त्यसलाई निकास दिने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनु भएको हो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र सचिवालयका सदस्यहरूको राजीनामा बारे छलफल हुनसक्ने बताइएको छ ।

त्यस्तै बैठकमा पार्टीको सांगठानिक एकताको बाँकी कामका बारेमा समेत छलफल हुने बताइएको छ । सचिवालय बैठकअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाबीच छलफल समेत भएको थियो । छलफलमा पार्टी एकीकरणका बाँकी कामको टुंगो लगाउने तथा मन्त्रिपरिषद् हेरफेरका विषयमा कुराकानी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);