कोरोना भाइरस बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

कोरोना भाइरस बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्दै

baluwatar offc

काठमाडौं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्न लागेको हो ।

मंगलबार प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएपछि आजका लागि बैठक बोलाइएको हो । बैठकमा पार्टी एकताका बाँकी काम र विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसैगरी कोरोना भाइरसको संक्रमण भित्रन नदिन सरकारले गरेको तयारीका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।