ओली–प्रचण्ड भेटपछि सुरु भयो नेकपा सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ओली–प्रचण्ड भेटपछि सुरु भयो नेकपा सचिवालय बैठक

ईमाउन्टेन टीभी अनलाइन
काठमाडौं, २० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्यहरुको सहभागितामा सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ । बैठक सुरु हुनुअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पनि भएको थियो । २६ दिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री निवास बालुवाटारमा दुबै अध्यक्षले भेटवार्ता गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);