नेकपा सचिवालय बैठक मंगलबार बस्ने


काठमाडाैं,१९ असाेज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ ।आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सोमबारको भेटवार्तापछि मंगलबार दिउँसो ४ बजेको लागि सचिवालय बैठक राख्ने निर्णय भएको बताइएको छ ।

यसअघि, नेकपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको थियो। तर, प्रधानमन्त्री सचिवालयमा कोरोना फैलिएपछि स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा नियुक्तिका कामहरु गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल लगायतकाे असन्तुष्टि छ ।

Leave a Reply