नेकपाको सचिवालय बैठक बुधबारसम्मको लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाको सचिवालय बैठक बुधबारसम्मको लागि स्थगित

nekapa-sachibalaya

काठमाडौं, २८ साउन । नेकपाको मंगलवार बस्ने भनिएको सचिवालय बैठक सरेर बुधबार बस्ने तय भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश जानु भएपछि लामो समय स्थगित गरिएको बैठक प्रधानमन्त्री फर्किए पछि बस्न लागेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले मंगलबार बस्ने भनिएको बैठक बुधबार सरेको हो । सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने र केन्द्रीय सदस्यहरुको रुची र आवश्यकता अनुसार जिम्मेवारी दिइने बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);