देशभर आंशिकदेखि साधारणतया बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

देशभर आंशिकदेखि साधारणतया बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।

आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । यसैगरी, मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा वर्षा र हिमपात हुने देखिन्छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित कोशी, मधेस, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा समेत हिमपात हुन सक्ने विभागले जनाएको छ ।

Leave a Reply

ताजा समाचार