देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । यस क्रममा देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेस र कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, रातिको समयमा पनि देशभरको मौसम साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रतर्फ मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने मौसम बुलेटिनमा उल्लेख छ ।

Leave a Reply