देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा र हिमपात हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहनेछ । पहाडी तथा तराईका अधिकांश भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिन अनुसार, दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै स्थानमा पनि वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ । पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका साथै मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । रातिको समयमा पनि देशभर साधारणतया बदली नै रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान र अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिन्छ । यसैगरी, राति देशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 

Leave a Reply