देशभर बदली र वर्षाको सम्भावनाः कोशी, वागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८३, बिहीबार

देशभर बदली र वर्षाको सम्भावनाः कोशी, वागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभरको मौसममा बदली भई पहाडी तथा तराईका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना देखिएको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरू र मधेस, कोशी तथा वागमती प्रदेशका तराईका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना छ । राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले शतर्कता अपनाउन आवश्यक देखिएको छ ।

Leave a Reply

ताजा समाचार