देशभर वर्षा र हिमपातको सम्भावनाः केही स्थानमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

देशभर वर्षा र हिमपातको सम्भावनाः केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज दिउँसो पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूका साथै मधेस र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै, देशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना छ । यसैगरी, रातिको समयमा पनि देशभरको मौसममा साधारणतया बदली रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले उल्लेख गरेको छ ।

Leave a Reply

ताजा समाचार