काठमाडौं ।
हाल देशभरको मौसममा साधारणतया बदली रही पहाडी, हिमाली तथा तराईका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्र तथा कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । राति देशभर अधिकांश बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमकै तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




