देशभरको मौसम बदलीः वर्षा, हिमपात र हावाहुरीको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

देशभरको मौसम बदलीः वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका विभिन्न भू–भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र वागमती प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भेगका एक–दुई स्थानमा समेत वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ । रातिको समयमा सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका साथै बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । राति देशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply