देशका विभिन्न भू–भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

देशका विभिन्न भू–भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका अन्य हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ । यसैगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने आज मौसम तातो रहने तथा तापक्रम बढ्ने सम्भावना छ । आज राति कोशी प्रदेश र देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश लगायत अन्य पहाडी भू–भागका साथै वागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply