काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र साहले आज युरोपेली सङ्घ (इयू) मा आवद्ध देशका राजदुत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता र संवाद गर्दै हुनुहुन्छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेका लागि उक्त कार्यक्रम तय भएको छ । भेटमा नेपालका लागि इयूका गैरआवासीय राजदूत तथा विभिन्न कुटनीतिक नियोगका प्रमुखहरूको सहभागिता रहनेछ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालकाअनुसार उक्त संवादका क्रममा प्रधानमन्त्रीले नेपालको वर्तमान प्राथमिकताका विषयमा जानकारी गराउनुहुनेछ । साथै, नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र विकास साझेदारी तथा सहकार्यका विविध पक्षमा छलफल केन्द्रित हुने जानकारी दिइएको छ । यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट र संवाद गर्नुभएको थियो। आजको भेटलाई सोही कुटनीतिक सक्रियताको निरन्तरताका रूपमा हेरिएको छ ।





